नियम ८
सहायक सामग्री उपलब्ध गराउने
: (१) नेपाल सरकारले अपाङ्गताको प्रकृति र अवस्था बमोजिम अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने अनुसूची-१ बमोजिमका सहायक सामग्री उपयुक्त प्राविधिक नापजाँच गरी निःशुल्क रुपमा उपलब्ध गराउनेछ।
(२) उपनियम (१) बमोजिमका सामग्री अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तहबाट सहज र सरल तरिकाले उपलब्ध गराउन नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ।
(२) उपनियम (१) बमोजिमका सामग्री अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तहबाट सहज र सरल तरिकाले उपलब्ध गराउन नेपाल सरकारले आवश्यक व्यवस्था मिलाउनेछ।